सभापतिमा विजयी भएपछि देउवाको गृहजिल्लामा हर्षोल्लास

डडेल्धुरा, फागुन २५ – नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको १३औँ महाधिवेशनबाट सभापति पदमा विजयी हुनुभएको खुसियालीमा गृहजिल्लामा विजय जुलुस निकालिएको छ ।

आज बिहान निकालिएको खुसियाली तथा विजय जुलुसमा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । विजय जुलुसमा बच्चादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो । “देउवाको विजयले हाम्रो गौरव बढाएको छ” विजय जुलुसमा सहभागि समैजी–१ का ८२ वर्षीय लालबहादुर दमाईँले भन्नुभयो ।

देउवा सभापतिमा विजयी भएको अवसरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले एकआपसमा खुसियाली तथा शुभकामना आदानप्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *