असिना परेपछि ताप्लुजेङमा हिउँदे वालीमा क्षती

ताप्लेजुङ, फागुन २३ असिनाका कारण ताप्लेजुङका विभिन्न गाविसमा हिउँदे खेती नष्ट भएको छ । जिल्लाका पूर्वी क्षेत्रका मेहेले, सुरुम्खिम, खेवाङ, पेदाङ, आम्बेगुदिन, सादेवा, आङ्खोपलगायतका गाविसमा वर्षासहित परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको हो । असिनाका कारण गँहु, जाँै, मकै, आलु, अलँैचीलगायतका बालीनालीमा क्षति पुगेको स्थानियवासीले बताएका छन् ।

मेहेले गाविसका कृषक कमल कडरियाका अनुसार गत शनिबार साँझ ती गाविसमा दुई घण्टासम्म असिना परेको थियो । असिनाले उम्रदै गरेको मकै, पसाउन लागेको गँहु, जौँ, तोरीलगायतका बाली नष्ट गरेपछि ती क्षेत्रका किसान चिन्तित बनेका छन् । जिल्लको पूर्वी गाविसमा समेत असिना परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *