लामिछानेद्वारा मानवसेवा आश्रमलाई एक लाख प्रदान

रवि रोषी, दोहा ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक जीवा लामीछानेले मानवसेवा आश्रमको लागि एक लाख रुपैंया सहयोग प्रदान गर्नुभएको छ ।

चितवन भरतपुर बाईपास रोड स्थित मानवसेवा आश्रममा अवलोकन गर्न जाने क्रममा उहाँले सो सहयोग रकम अक्षयकोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको हो । मानवसेवा आश्रमका प्रमुख अभियन्ता रामजी अधिकारी, रुपा के.सी. लगायत अन्य शुभचिन्तकहरुको समुपस्थितीमा उहाँले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन मूल मन्त्र लिएर सडक पेटीमा कष्टकर जीवन बिताउन बाध्य बृद्धबृद्धा, मनोरोगीहरुलाई उद्धार गरी आश्रममा ल्याई औषधोपचार र भोजनको साथै आवासको सुविधा प्रदान गर्दै आएको मानवसेवा आश्रमका सञ्चालहरुको अभियान अन्तर्गत् सन् २०८१ सम्म नेपाललाई सडक मानव मुक्त देश बनाउने अभियानलाई सफल बनाउन आफुले आगामी दिनमा पनि सदा साथ रहने कुरा लामीछानेले बताउनुभयो । news

Leave a Reply

Your email address will not be published. Required fields are marked *