शिखर फाउण्डेशनको छात्रवृत्ति तथा पुस्तक वितरण

शान्तिराम बस्नेत /

शिवसताक्षी, फागुन २० – कैलाश शिखर फाउण्डेशनले हरेक गन्तव्यको शुरुवात पहिलो एक पाइला हुन्छ भन्ने मूल नाराका साथ पुस्तक हस्तान्तरण तथा छात्रवृत्ति घोषणा कार्यक्रम गरेको छ ।

फाउण्डेशनले बालनिकुञ्ज उच्च मावि शिवसताक्षीका कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि १० हजारभन्दा बढीका उपयोगी पाठ्यपुस्तकका साथै अन्य विभिन्न पुस्तकहरु हस्तान्तरण गरिको हो ।

फाउण्डेशनका संस्थापक सचिव कैलाश वनेमको जन्म दिनको अवसर पारेर गरिएको उक्त हस्तान्तरण कार्यक्रममा २०७२ को एसएलसी परीक्षामा स्थानीय क्षेत्रबाट उत्कृष्ट अंक ल्याउने तथा गरिब तथा जेहेन्दार २ जनालाई छात्रवृत्ति प्रदान गरिनुका साथै कक्षा ११ र १२ मा पनि छात्रवृत्ति प्रदान गरिने फाउण्डेशनले बताएको छ ।

फाउण्डेशनले आफ्ना समाज रुपान्तरका लागि गरिने कार्यक्रमहरु स्थानीय क्षेत्र, जिल्ला हुँदैं राष्ट्रव्यापी रुपमा गरिदैं लैजाने समेत जनाएको छ । फाउण्डेशनका उपाध्यक्ष प्रेम जबेगुको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य भीम बहादुर लिम्बु, सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीले अभिभावक, विद्यार्थी तथा समाजलाई हित हुने खालको कार्यको स्थापना र शुरुवात गरेको कार्यप्रति कैलाश शिखर फाउण्डेशनको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको स्वागत फाउण्डेशनका सचिव कैलाश वनेमको र सञ्चालन विद्यालयका शिक्षक हेतीराज निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *