केविआरयू गोल्डकपको उपाधीका लागि सशस्त्र र रुपन्देही भिड्ने

विराट चोक, फागुन १७ – मोरङको विराटचौकमा जारी पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि रुपन्देही ११ र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पथरी ११ लाई पराजित गर्दै रुपन्देही–११ ले फाईनलमा स्थान सुरक्षित गरेको हो । रुपन्देहीले पथरीको चुनौती ३–० ले पन्छायो ।

रुपन्देहीको जितमा खेलको ४६ औं मिनेटमा सेगौन तथा ५८ औं र ६१ औ मिनेटमा भिक्टोरले २ गोल गरे । खेलको म्यान अफ द म्याच रुपन्देहीका पिटर घोषित भए । फाईनल खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *