प्रि वल्र्डकपमा सहभागी हुने क्रममा फेवतालमा खसेका सबै प्याराग्लाईडरको उद्दार

पोखरा, फागुन १८ – प्याराग्लाइडिङ्गको प्रि–वर्ल्डकपमा सहभागी हुने क्रममा पोखराको फेवतालमा खसेका सबै ७ जना प्याराग्लाईडरको उद्धार गरिएको छ ।

कास्कीको साराङ्गकोटबाट उडेका ८ प्याराग्लाइडरमध्ये ७ जना फेवातालमा खसेका र १ जना भने अर्मलामा दुर्घटनामा परेका थिए । तालमा खसेका र रुखमा अड्किएका सबैको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै विदेशी नागरिक हुन् ।

खपौदीमा ल्याण्ड गर्ने क्रममा तीव्र गतिमा हावा चलेपछि प्याराग्लाइटर दुर्घटनामा परेका प्रहरीले जनाएको छ । पोखरामा चलिरहेको प्याराग्लाइडिङको प्रि–वर्ल्डकप प्रतियोगितामा २६ देशका डेढसय भन्दा धेरै प्याराग्लाइडर सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *