नेपाली क्रिकेट टोलीका कप्तान पारष खड्का अस्पताल भर्ना

काठमाडौं, फागुन १६ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का विरामी भएर अस्पताल भर्ना भएका छन् । पेट दुखेपछि उनी गत शुक्रबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् । अस्पतालका कर्पोरेट सञ्चार व्यवस्थापक आरपी मैनालीका अनुसार खड्काको अवस्था सामान्य छ ।

अकस्मात पेट दुख्न थालेपछि खड्कालाई आफन्तले शुक्रबार दिउँसो अस्पताल ल्याएका थिए । ‘सहनै नसक्ने गरेर पेट दुखेपछि खड्का अस्पतालको आकस्मिक कक्षमा आउनु भएको थियो’ मैनालीले उज्यालो अनलाइनसँग भन्नुभयो ‘अहिले दुखाई कम भएको छ र वरिष्ठ पेट रोग विशेषज्ञ मधु घिमिरेले उहाँको उपचार गरिरहनु भएको छ ।’थप परीक्षण भइरहेकाले दुई दिनपछि रिपोर्ट आउने र त्यतिञ्जेल उनी अस्पतालमै बस्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *