केविआयू कन्दङवा गोल्डकपमा एपिएफ क्लब काठमाण्डौ फाइनलमा

विराट चोक, फागुन १६
सगरमाथा युथ क्लब कोसी हरैचाको आयोजनामा प्रस्तावित इन्द्रपुर खेल मैदानमा जारी पिएलओ चौथो केविआयू कन्दङवा गोल्डकपको आईतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाण्डौ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
एपिएफले चर्च ब्वाइज युनाईटेड ललितपुरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । एपिएफका राजेन्द्र रावलले ह्याट्रीक सहित ३ गोल, रुपकुमार लामा र सुधिर सिराकारले समान १–१ गोल गरेका थिए ।12784235_781173652013926_2077907417_n
खेल सुरु भएको तेस्रो मिनेटमा सन्तोष श्रेष्ठको पासलाई सदुपयोग गर्दै एपिएफका रुपकुमार लामाले गोल गरी टिमको खाता खोलेका थिए । ३३ औ मिनेटमा एपिएफ सन्तोष श्रेष्ठले दिएको क्रसपासलाई गणेश लावती हेडिङबाट मिलाएको पासलाई राजेन्द्र रावलले गोल गरे । खेलको ५९ औ मिनेटमा एपिएफका राजेन्द्रले हेडिङ गर्दै व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे । त्यसको ९ औ मिनेटमा एपिएफका श्याम नेपालीले दिएको पासको सदुपयो गर्दै पुनः राजेन्द्रले गोल गरी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्न सफल भए । खेल सकिन १ मिनेट बाँकी रहेको अवस्थामा एपिएफका रुपकुमार लामाको क्रसपासलाई सदुपयोग गर्दै सुदिप सिराकार हेडिङ गरेको बलले जाली चुमेपछि एपिएफले ५–० को गोल अन्तर चर्च ब्वाईजलाई पराजित गरेको छ ।12784460_781173555347269_1213808889_n
खेलवधि भर एपिएफले बललाई नियन्त्रणमा राखेका थिएभने चर्चका गोलरक्षक सोजित गुरुङ खेल अवधिभर बल समाउन व्यस्त थिए । खेल सुरु भएको ७ औ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठको पासलाई गणेश लावतीले प्रहार गरेको बल चर्चका गोलरक्षक गुरुङ बचाए । २४ औ मिनेटमा एपिएफका रञ्जन विष्टले दिएको पासलाई गणेश लावतीले गरेको प्रहार रिवाउण्ड भएको थियो । ५३ औ मिनेटमा चर्चका शिव सुवेदीले दिएको पासलाई राजकुमार राईले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच एपिएफका रोजन्द्र रावल घोषित भए ।
एपिएफका प्रशिक्षक जनक सिंहले सुरु मै खेलाडीले गोल गरेको हुनाले, हामीले खेललाई नियन्त्रणमा लिन सक्यौ । खेल पुरै हाम्रो पक्षमा रहेकाले जित सहज भएको बताए । चर्चका प्रशिक्षक रुवेन राईले सुरु मै अपत्यासि रुपमा गोल खाएपछि खेल हाम्रो नियन्त्रण भन्दा बाहिर गयो । सोमबारको अन्तिम सेमिफाइनल खेल मोरङपथरी–११ र रुपन्देही–११ बीच हुने आयोजकका अध्यक्ष जर्नादन बास्तोलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *