राेकीयाे प्रमाणीकरण

मलेसिया
मलेसिया स्थीत नेपाली राजदुतावासले नेपाली कामदारका मागपत्रको प्रमाणीकरण गर्ने काम रोकेको जनाएको छ । दुतावासको सो निर्णय संगै तत्कालका लागी नेपाली श्रमीक मलेसिया आउन रोकिने भएका छन् । दुतावासले मंगलवार सुचना प्रकाशित गर्दै तत्कालका लागी नेपाली श्रमीक प्रमाणीकरण कार्य रोकिएको जनाएको छ । मलेसिया सरकारले हालै मलेसियामा नयाँ आप्रवासी श्रमीक नल्याउने धोषणा गरे संगै मलेसिया दुतावासले समेत कामदार प्रमाणीत कार्य रोकेको जनाएको छ । मलेसियाले हाल अप्रवासी कामदार वन्द गरेको र कहिले वाट सो कार्य खोल्ने वारे जानकारी नभएकाले नेपाली लाइ सहजका लागी प्रमाणीकरण स्थगित गरिएको जनाएको छ । नेपाली कामदारको प्रमाणीकरण गरे उनीहरुले धेरै समय सम्म कुर्नु पर्ने हुन्छ दुतावास स्रोतले भन्यो सो कार्यका लागी पनि प्रमाणीकरण स्थगित गरिएको हो ।
मलेसियाले नयाँ कामदार रोकेको धोषणा गरेपनि ‘एप्रोवल’वा ‘कलिङ्ग भिषा’ कुन रोकेको हो सो भने दुतावासमा समेत जानकारी नआएको स्रोतले जनाएको छ । मलेसिया दुतावास वाहेक नोटरी प्रव्लीक र यहाका स्थानीय चेम्बर अफ कमर्सले समेत कामदार प्रमाणीकरण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *