कास्किको सिक्लेसमा लाटकोसेरो महोत्सब सम्पन्न

पोखरा, फागुन ८ – किसानको साथीका रुपमा लिइने लाटोकोसेरो तथा हुचिल संरक्षणमा योगदान गर्ने लक्ष्यका साथ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित दुईदिने लाटोकोसेरो महोत्सव आज सम्पन्न भएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति, पार्चे तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाको आयोजनामा दुईदिने महोत्सव गरिएको हो ।

स्थानीयवासी एवम् सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङका अनुसार सिक्लेसमा विगतमा लाटो कसेरो धेरै नै पाइने गरे पनि पछिल्लो समयमा विस्तारै लोपोन्मुख हुन थालेका कारण महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवका अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला प्रतियोगिता, लाटोकोसेरोको जानकारी भएका सूचना तथा चित्रहरू, रोबोर्ट प्रदर्शन, फोटो प्रदर्शनी गरिनुका साथै लाटोकोसेरो संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

महोत्सवका अवसरमा प्राचीन संस्कृति तथा खेलहरू जीवन्त राख्न गाईजात्रा, घाटुनाचका साथै झिझिली, घुर्रा, हेकुचे, छेलोजस्ता अति प्राचीन खेल पनि खेलाइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *