नव सामन्त प्रचण्ड भर्सेज माक्सर्वादी डा.बाबुराम ।

राजु ढुङ्गाना( प्रनिल)
लगातार “२६” बर्ष अध्यक्ष पदको गद्दीमा बसेर उहीँ राजतन्त्रतात्मक प्रवृत्ति बोकेका नव सामन्त प्रचण्डले बाबुरामलाई गैर माक्सर्वाद भन्दै अनेकन आरोप लाउनु आफैमा हास्यास्पद र लज्जास्पद छ।
प्रचण्डकै नेतृत्वको जनयुद्धमा जातिय मुक्तीको आन्दोलन छेड्दै विभिन्न जातिको नाममा मुक्ती मोर्चा खोलेर तलाइ यो दिन्छु त्यो दिन्छु भन्दै “१७” हजार सहिद बनायर त्यही सहिदले पाउनुपर्ने “१०” लाख राहतमा पनि राजनीति गर्दै ती तमाम जातिलाइ लोप्पा खुवाय ।
काङ्ग्रेस को मुक्ती सेना भन्दापनी बत्तर तवरले सेना समायोजनको नाम भजायर मुर्दा शान्तिको लागि जनसेना बेचबिखन गर्दै चार हजार जनसेनालाइ अयोग्यको छाप निधारमा ठोकिदिय, पार्टीभित्र दुई चरित्र बोकेर हिड्ने दहि चिउरे भयकै कारण पार्टी फुट्यो फुटाय ,आफू प्रतिकुल हुने तथा देखियका आफ्ना सबैलाइ विभिन्न स्वचालित षड्यन्त्र मार्फत प्रचण्ड स्कुलले पार्टीबाट गल्हत्याय ,आफू केन्दृत राजनीति र आजिवन शक्तिको गद्दीमा झुन्डिरहने अति महत्वाकांक्षी स्टालिनवादी प्रचण्ड प्रवृत्ति कसरी माक्सर्वादी हुन सक्छ?
मुर्दा शान्ति पिरेडको “११” बर्ष अध्यक्ष गद्दीमा बसेर पनि बेपत्ता खोजबिन गर्न सकेनन,सहिद ,बेपत्ता ,घाइते तमाम,जनसेना सबै सबैलाइ तिलान्जली दिदै पर महिनाको एक लाख भाडा लगानी हुने लाजिम्पाट महलमा बिराजमान हुँदै प्राडो, पजेरो, बि.एम.डब्लु मा सरर जिन्दगि बिताउदै परिवर्तनका तमाम योद्धाहरुलाइ बिदेशीको गुलामी गर्न खाडी पठाउने जस्ता माओवादी आन्दोलन समग्र कार्यका नेतृत्व प्रचण्डले जिम्मा लिनु पर्ने हो।
तर प्रचण्डले परिवर्तनकै बिरोधी कमल थापा र सङ्घियता बिरोधी चित्र बा. लाई काखी च्यापेर नाजायज तरिकाले “६” जना उप प्रधानमन्त्री जन्माउदै मन्त्री मन्डल सम्बन्धी सम्बिधानको खिल्ली उडाउदै आफैलाइ माक्सर्वादी घोषणा गरेर बाबुरामलाई अनेकन आरोप थोपरेर प्रचण्ड आफै नाङ्गिने काम गर्दै कस्तो माक्सर्वादको रटान रटेको हो..? वा रटाउदैछ…?
विभिन्न देशका गुप्तचरहरुसङ्गको भेटघाट र साइनो, भारतिय गुप्चर “र” सङ्गको उन्को पिरती, “१६” बुदे लगतै दन्डवत गर्न भारत गयर गोप्य सम्झौता गरि धर्म निरपेक्ष र सङ्घियता एकाएक फेर्ने प्रचण्ड स्कुलले बाबुरामलाई भारत परस्तको आरोप लगाउनु भनेको प्रचण्ड आफै भारत परस्त छन भन्य कुरा स्वत: पुस्टि छ। यसकारण प्रचण्ड माओवादीले रातो कार्पेटमा मार्क्सको फोटो झुन्ड्यायर भित्तामा नारा कोर्दै माक्सर्वदको खोल ओढेर नव सामन्त रुपधारण गरिसक्यो अब उप्रान्त प्रचण्ड माओवादीले उहीँ १७ औ १८ औ सताब्दिकै माक्सर्वाद भजायर खाने काम बाहेक केह गर्दैन। त्यसैले प्रचण्ड माओवादी माक्सर्वादको खोल ओढ्ने नव सामन्त हो।

12053267_1708152722801836_1245641657_n

माक्सर्वाद भनेको जीवन र जगत सन्चालनको दर्शन हो,/ जगतको सहि मुल्यांकन गर्दै जगतको आवस्यक्तालाइ सम्बोधन हुनेगरी जिवनमा परिवर्तन ल्याउनुनै माक्सर्वाद हो।माक्सर्वाद कुनै पर्समा सजाउने प्रेमिकाको तस्वीर होइन जो व्यक्तिगत निजि हुन्छ, माक्सर्वाद लाजिम्पाट र बल्खु दरवारहरुका निजि किताब वा उन्का पेवा पनि होइन जो तिनैका दरवारमा टासिदा मात्र माक्सर्वादी भैने..?
हिजोको जनयुद्ध, माओवाद पनि माक्सर्वादकै बिकसित एक कदम र हतियार हो जो राजनितिक निचोडको लागि प्रयोग गरियको थियो, यस्तै जगत र जीवनको आवस्यक्ता अनुसार माक्सर्वाद बिकसित हुँदै जान्छ बिकसित गर्दै लानुपर्छ , माक्सर्वाद आफैमा चलायमान छ। पार्टी छोड्नु र नछोड्नुले अर्थ राख्दैन उदेश्य छोड्नु र नछोड्नुले अर्थ राख्छ त्यसैले पार्टी एक साधन मात्र हो साध्य होइन, जब उदेश्यलाई पाहाडले छेक्छ भने त्यो पाहाड भत्काउदै अगाडी बढ्दै उदेश्य चुम्नु प्रमुख कुरा हो। त्यस्कारण बाबुराम गैर माक्सर्वादी हुन भनेर रटान लगाउनेहरु आफैमा मण्डले माक्सर्वादी हुन।
माक्सर्वाद गतिशील, परिवर्तनशिल्ताको एक उच्च आयाम हो। पोलिटिकल रेभुलेसन सकेर एतिहासिक द्वन्द्वात्मक भौतिकवादकै बैचारिक धरातलबाट इकोनोमिकल रेभुलेसनको पाइला चाल्ने डा. बाबुराम कसरी गैर माक्सर्वादी भय…? कृपया ठेकेदारहरुबाट उत्तरको आशा लियको छु।
एतिहासिक दन्द्वात्मक बौतिकवादकै बैचारिक धरातलबाट सत्रौ अठारौ सताब्दिको माक्सर्वादलाई परिमार्जित गर्दै नौलो प्रयोग मार्फत आफ्नै माटो सिङ्गार्छु भन्दा डा.बाबुरामलाई गैर माक्सर्वादीको ट्याग लगाउनेहरुनै महेन्दर्वादी हुन जस्ले माक्सर्वाद्को खोल ओढि ब्यावसाय गरेका छन।
आज बाबुराम प्रती अनेकन बान्ता वाक्नेहरु एउटा कुराको हेक्का राख्न भुलेछन: गरिबी अन्याय अत्याचार सामन्ती राजतन्त्रत्माक व्यवस्था बिरुद्द ४० सुतृय माग राखी प्रचण्ड लगायत कयौलाइ जनयुद्धमा घिसारी घिसारी लाने बाबुराम नै हुन, जतिबेला प्रचण्ड लगायत केही नेताहरु मोहन बिक्रम सङ्ग तीन पत्ती खेलेर बस्थे, भारत बाट बि.पि.मेलमिलापको नीति लियर नेपाल फर्किदा पहिलो पटक बाबुरामले नै उन्को पहिलो एक स्टेट्मेन्ट सार्वजनिक गरि सचेत गरायका थिय केही विषयमा, केही विषयक जुन भारतलाइ निकै फाइदा थियो, उक्त स्टेट्मेन्ट सार्वजनिक गर्दा उनी एक बिद्यार्थी मात्र थिय।
संविधान र अन्तरिम सरकारको कार्यदिशा सहित केही बिसय उठाउदा उन्लाइ सत्तोसराप र कार्वाही गर्नेहरु चै आज कसरी माक्सर्वादी भय…? जवकी आज उनै बाबुरामको कार्यदिशा अनुसार रास्ट्रले सङ्घिय गणतन्त्र धर्म निरपेक्ष सहितको संविधान पायो, जुन कार्यमा उनी आफै बार्ता समिती सम्योजक थिय।
पहिलो संविधान सभाबाट संविधान नबन्य भयपछी उन्ले सबै दोश म लिन तयार छु भनी सङ्कटकाल लगायर भयपनी संविधान जारी गरौ भन्दा अन्य दलहरु नमानेपछी ब्याप्त षड्यन्त्र हरु झन उजागर हुँदै गर्दा रास्ट्रय तथा अन्तरास्ट्रिय षड्यन्त्र चिर्दै संविधान सभाबाटै नै संविधान बनाउन संविधान सभालाई मर्न नदियर दोस्रो संविधान सभाको निर्वाचन गरि बचाउने डा. बाबुराम नै हुन। अनि आज उनी कसरी भारत परस्त भय…?
डा. बाबुरामको मुल्यांकन नेपाली जनताले अर्थमन्त्री हुँदै गरिसके, नेपालमा पहिलोपटन युवा लक्षित योजना युवा स्वरोजगार बाबुरामले नै स्थापना गरि इतिहासमै पहिलो पटक देशको राजस्व उनैले सङ्कलन गरि कति सक्षम छन भन्य बारे इतिहासमै एक उदाहरणिय अर्थमन्त्री बनेर आफैलाइ सावित गरे।
नेपाल भारत बिच भयका असमान सन्धी सम्झौता सम्बन्धी पुनाराअवलोकन परिमार्जन र खारेजी यश बिसयमा एउटा उच्च आयोग बनाउपर्ने भनेर उन्ले प्रधानमन्त्री हुदा भारत सङ्ग गरियको सहमती भर्खरै लागू गरि बर्तमान सरकारले आयोग निर्माण गरेको छ जस्ले ती असमान सन्धी सम्झौता सम्बन्धी एक प्रतिबेदन तयार पार्नेछ, उनि प्रधानमन्त्री हुदा केही उदाहरणिय काम गरेकोले पनि उन्को लोकपृयतासङ्ग लालच पाल्नेहरु बाट उन्लाइ आफ्नै पार्टी भित्र असहयोग भयो, र भारत परस्त जस्ता अति लज्जास्पद र हास्यास्पद आरोप लगाइयो,
तर जनताको सहयोग भने निरन्तर रहिरह्यो जस्को परिणाम दोस्रो निर्वाचनमा देखापर्यो जुन निर्वाचनमा प्रचण्ड बजारियका थिय, बाबुरामलाई राम्रो सङ्ग ज्ञान थियो माओवादी नामको हतियारको काम काहासम्म र कतिबेलासम्म धारिलो हुन्छ र भुत्ते हुन्छ भन्य कुरा,
उन्ले पार्टीमा नयाँ राजनैतिक शक्तिको बहस धेरै समय अघि देखिनै चलाइ आयका थिय उन्ले करिब तीन बर्ष अघिनै नया हतियारको आवस्यक्ता छ भन्य महसुस र कल्पना गर्दै उन्ले माओवादी नेतृत्वको राजनैनिक आन्दोलनलाई सफल र चलाकी पुर्णबाट टुङ्ग्याउदै नयाँ कोर्स बारे अन्तिममा प्रचण्डलाई भनेका थिय सबै अस्थित्वमा रहेका माओवादी पार्टी विघटन गरि नयाँ हतियार निर्माण गरौ भनेर, तर प्रचण्ड खेमाले उक्त आवस्यक्ता बोध गर्न सकेन र उनी एक्लैले आट र साहस गरे र नयाँ शक्ति निर्माण अभियान सन्चालन गरे,
जस्को एउटै मात्र उदेश्य: सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई जनताले आफ्नो घर चुल्हो सम्म अनुभुत गर्नेगरी आर्थिक समृद्धिका खाका योजना सहित रास्ट्रलाई आर्थिक सम्मुन्नत गरि सबै बर्ग छेत्रका समुदायलाई सम्बोधन गर्दै आत्मनिर्भर बनाउने, अब आर्थिक समृद्धिले मात्रै रास्ट्र र जनताको सम्बोधन हुन सक्छ भन्यनै उन्को बुझाइ यसै अनुरुपको भिजन स्पष्ट देखिन्छ !
संविधान बनाउनमा उनैको प्रमुख भुमिकाले रास्ट्रले संविधान पायो, तर उनी पुर्ण खुसी थियनन, उनी खुसी नहुनुको कारण थियो उक्त सम्बिधानमा जनताको पुर्ण पहिचान र पुर्ण जनताको भावाना समेटियको थियन, उन्ले भन्दै आयका थिय नेता मुखी सङ्घिय सिमाङ्कनले ठूलो सङ्कट निम्त्याउछ,भनेर
साथै उन्ले यो पनि भन्दै आयका थिय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै जनताको आवस्यक्ता हो त्यसैले संविधान पुर्ण बनायर मात्र जारी गरौ, तर उनी कराउदै गय पिना सुक्दै गयो, निम्न कारणमा उन्ले असहमती जनाउदा उन्लाइ भारत परस्त भनियो। बाबुरामले अहिले जे मुद्दा उठान गरेका छन त्यो संविधानमा नसमेटियाका मुद्दा नै उठायका छन, जुन वास्तविक सङ्घियता, प्रत्यक्ष कार्यकारी प्रणाली, र आर्थिक समृद्धिको मुद्दा, यिनै मुद्दा उठाउदा उन्लाइ भारत परस्त या गैर माक्सर्वादी भनिन्छ भने यो भन्दा बहुला र दुर्घन्दित राजनीति अरु के हुनसक्छ..? अनि ती पि.के.दरवारहरु कसरी रास्ट्रवादी र माक्सर्वादी हुनसक्छन..?
स्मरण रहोस: भुकम्प घटना अन्तर्गत नव निर्माण र पुनर्निर्माण सम्बन्धी ” बस्ती, व्यवसाय, र उद्योग यी तीन चिजको व्यबस्थापन हुनेगरी बाबुरामले नै सम्सदमा स्पष्ट खाका प्रस्तुत गरेका थिय जुन काम उनिबाट खोसियो,
जस्को लागि अबको नेपालमा बिल्कुल एउटा नयाँ राजनैतिक शक्तिको आवस्यक छ जुन आफैमा नयाँ हतियार हुनेछ भन्य बुझाइपनी स्पष्ट नै भयको हुदा अब खिया लागेको पुरानो हतियारलाई मियुजियममा सजाउनुको बिकल्प देखिदैन।किनकि माक्सर्वादले नै भन्छ हतियारमा खिया लागेर भुत्ते भयपछी आरनमा अर्जापेर गुजारा गरिन्छ,जब अर्जाप्ता अर्जाप्ता हतियार सक्किदै जान्छ तब नया हतियार निर्माण गरिन्छ,
जस अनुसार राजनीतिक आन्दोलनको राजनितिमा हतियार उत्पतिको श्रीङ्खला प्रजापरिषद बाट काङ्ग्रेस जन्मियो, काङ्ग्रेस बाट कम्युनिस्ट जन्मियो, नेपालको सन्दर्भमा राजनीतिक पार्टीहरुको जन्म अध्याय अनुसार हुँदै आय,
प्रजापरिषदले बिद्रोहको बियु रोप्यो, प्रजापरिषद बाट जन्मियको काङ्ग्रेसले प्रजातन्त्र रोप्यो, काङ्ग्रेस बाट जन्मियको एमाले-ले बहुदल रोप्यो, एमाले बाट जन्मियको माओवादीले गणतन्त्र,सङ्घियता रोप्यो, अब माओवादी बाट जन्मियको नयाँ शक्तिले आर्थिक समृद्धि हुँदै समाजवाद रोप्ने छ,
जब जगतको आवस्यक्तालाइ सम्बोधन गर्दै जिवनमा परिवर्तन ल्याउदै जनताको घर चुल्हो सम्म खुसी पुर्याउनुनै माक्सर्वाद हो।
माक्सर्वादकै अध्याय अध्यायको कोर्स पुरागरी अर्को कोर्सको लागि बाटो निर्माण हुँदै आयका छन जुन तट तट समय परिस्थितिको आवस्यक्ता थियो, र छ।डा.बाबुराम नेपालको समकालीन नेता तथा व्यक्तित्व मध्यका गुण र दोश सहित सबैभन्दा विद्वान र भिजन भयका मान्छे हुन। उन्लाइ चिन्न र चुन्न नसक्नु बर्तमान युवा पुस्ताको भुल हुनेछ।

नयाँ शक्ति मध्यपुर्व सल्लाहकार तथा नयाँ शक्ति केन्द्रिय परिषद सदस्यमा प्रस्तावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *