विराट गोल्डकप सुरु : झापाको विजयी सुरुवात

विराटनगर, फागुन ६ –मोरङको विराटनगरमा बिहीबार बाट विराट गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा भारतको उडिसा फुटबल एसोसिएशनलाई पराजित गर्दै झापाले विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक भएको खेलमा झापाले उडिसाको चुनौती २–१ ले पन्छायो ।

खेलमा अग्रता भने पहिलो हाफको १० औं मिनेटमा कप्तान अर्जुन नायकले गोल मार्फत उडिसाले लिएको थियो । पहिलो हाफमो १ शुन्यले पछि परेको झापाले दोश्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्यो । दोश्रो हाफको १६ औ मिनेटमा झापाका कप्तान नरेन्द्र लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोश्रो हाफको २८ औ मिनेटमा कर्ण लिम्बुले निर्णाएक गोल गरेपछि झापा २–१ ले विजयी भयो । जितसँगै झापा क्वाटरफाईनलमा प्रवेश गरेको छ । १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतका ३, बंगलादेशको १ र नेपालका ६ वटा टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख एक हजार रुपैयाँ र ट्रफि तथा उपविजेताले नगद ३ लाख एक हजर रुपैयाँ र ट्रफि हात पार्ने छन ।त्यसैगरी पहिलो चरणबाट बाहिरिने टिमले तिस हजार तथा दोस्रो चरणबाट बाहिरिने टोलीले प्रोत्साहन स्वरुप एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *