युएईमा चलचित्र कबड्डी कबड्डीको बिशेष प्रदशनी सम्पन्न

युएईका हलहरुमा नेपाली चलचित्र प्रदशनी हुने पक्का

त्रिलोचन कोइराला ,युएई

नेपाली चलचित्र पनि युएईको सिनेमा हलमा निर्बाहत प्रदशनी हुने भएको छ फेब्रुअरी १५ तारिक डेरा सिटिसेन्टरको भक्स सिनेमामा नेपालि चलचित्र कबड्डी कबड्डीको बिशेष प्रदशनी सम्पन्न भए  संगै युएईका हलहरुमा नेपाली चलचित्र प्रदशनी हुने पक्का भएको हो |

12717154_1761143547455069_1900376478037298769_nनेपाली चलचित्रमा कलरिस्टमा स्थापित सुदिप श्रेष्ठको पहलमा गत जनवरी ३१ तारिक युएईको भक्स सिनेमा प्रालि संग ब्यबसाहिक सम्झौता भए संगै अब नेपाली चलचित्र युएईमा साप्ताहिक प्रदशनी हुने जानकारी गराइएको थियो ।

मध्यपूर्वमा पहिलोपटक नेपाली चलचित्रको लागि आधाकारिक सम्झौता भएर बजारबिस्तार भएको बताउदै कलरिस्ट शेष्ठले मार्च ११ तारिक देखि प्रतेक सुक्रबार र शनिबार नेपाली चलचित्र दुबाई र अबुधाबीका हलमा प्रदशन हुने भएको युएईका लागि चलचित्र वितरक कलरिस्ट सुदिप श्रेष्ठ बताएका छन ।

चलचित्र प्रदशनीको सम्पूर्ण प्राबिधिक काम सकिएको जानकारी गराउन फेब्रुअरी १५ तारिक बिशेष प्रदशनी गरिएको युएईका लागि अर्का चलचित्र वितरक सुमन उदयले जानकारी गराए |

एनआरएन युएईका अध्यक्ष सुदिप कार्की ,समाजसेवी सालिक सुबेदी , अन्तर्राष्ट्रिय कलाकार समाजका कोषाध्यक्ष लक्ष्मण दियाली नेपाल पत्रकार महासंघ युएई काअध्यक्ष लगाएत दुई दर्जन सामाजिक ब्यक्तित्योको उपस्तिथिमा नेपालि चलचित्र कबड्डी कबड्डीको बिशेष प्रदशनी भएको हो |

बिशेष  पर्दशनी हेरिसके पछी समाजसेबी सालिक सुबेदीले कथा भन्दा पनि प्रस्तुति राम्रो लागेको प्रतिक्रिया दिएका छन | चलचित्रमा  नेपाली गाउले परिवेशको आफ्नैपनको आभास हुने ठेट नेपाली शब्द उचारण गरिएर मनोरञ्जन दिएको छ |

चलचित्रमा कलाकारले संवादलाई  मजाक तर प्रभावकारी शैलीमा अभिव्यक्त गरेकाले दर्शकको ध्यान खिच्न सफल बनेको छ दर्शकले कलाकारको प्रस्तुतिमा  मज्जा महसुस गर्छन । स्वाभाविक अभिनय, रमाइला संवाद, र स्थानीय दृश्यले कतै पट्यार लाग्दैन । सुरुआतदेखि अन्त्यसम्म दर्शकलाई बाँधिरहनु निर्देशक रामबाबु गुरुङ सफल भएका छन ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा  दयाहाङ र सौगातलाई फरक तर एकै दमको रोलमा छन । विजय बराल र बुद्धि तामाङ पनि आकर्षण अभिनय गरेका छन । विजयको भावनात्मक प्रेम र बुद्धिको पत्नीप्रेम चलचित्रको सबल पक्ष बनेको छ | रिश्मा गुरुङ, निश्चल बस्नेत, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की, जुनु बिष्ट माओत्से गुरुङ, कविता आले,  कमलमणि नेपाल लगायतको मुख्य भूमिका अभिनय गरेका छन । सिनेमेट्रोग्राफर शैलेन्द्र कार्कीले फिल्म खिचेका छन |  फिल्ममा कुमार महर्जनको द्वन्द्व र रोहित शाक्यको संगीत छ।12745445_1760949894141101_2998512846644630864_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *