सगरमाथा बचत तथा ऋण सहकारी सस्था युएईको तेश्रो साधारण सभा संम्पन्न

उत्तम बिक युएई ६ फेब्रुअरी, सगरमाथा बचत तथा ऋण सहकारी सस्था नेपाल युएईको तेश्रो साधारण सभा युएईको बरदुबई स्थित सिन्धपन्जाब रेस्टुरेन्टमा हिजो ५ फेब्रुअरी २०१६का दिन सम्पन्न भएको छ |5d44b2f7-6357-4ba0-a724-d610de5ed216

सस्थाका अध्यक्ष राम प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा  सस्थाका संरक्षक काशी काफ्ले प्रमुख अतिथि रहेका थिए | तेस्तै अतिथिहरुमा, नेपाल सहकारी सस्था युएईका सुत्रमणि राई, कृष्ण पौडेल, नेशनल युवा बचत कोषका दामोदर दाहाल, पत्रकार मसंघका निमकान्त पाण्डे, प्रबासी हातेमालो बचतका राम कुमार राई, कालिगण्डकी बहुउद्धेसिय सहकारी सस्थाका जिबन पंगेनी, नारायणी बचत तथा ऋण सहकारी सस्थाका श्याम पोख्रेल, नेपाली जनप्रगतिशील मोर्चाका अर्जुन सुबेदी, एकता समाजका अशोक कडेल, समाजसेवी लक्ष्युमन काफ्ले, प्रगतिशील बचत समुहकी मुना थापा काभ्रे सम्पर्क समिति युएईका गोबिन्द पन्त लगायत रहेका थिए |

सस्थाका सचिब दिपक पाण्डे बाट संचालित उक्त सभामा सस्थाकी सदस्य सावित्री गौडेलले स्वागत मन्तब्य राखेकी थिईन भने कोषाध्यक्ष श्रवन खत्रीले सस्थाका आयव्यय विवरण प्रस्तुत गरेका थिए | २०१३ जनावारिमा २५ जनाबाट शुरु गरिएको उक्त बचत समुहमा हाल ४७  जना सदस्यहरु रहेको यस सस्थाले स्वदेश तथा बिदेशमा अप्ठेरोमा परेका नेपालीहरुलाई हालसम्म १ लाख ६६ हजार रुपैया सहयोग गरिएको सगरमाथा सहाकारी उद्धारकोषका दिनेश न्यौपानेले जानकारी गराएका थिए |75ff3b0b-1fd2-4f66-a557-a0f1f556f681

यसरी विभिन्न योजनाहरुको बारेमा जानकारी गराउदै आगामी दिनमा के कस्ता योजना बनाउने र प्रवासको कमाईले स्वस्देशामा कसरी लगानी गर्न सकिन्छ भन्ने भनाई सहित अहिले सम्म सस्थाले गरेको विभिन्न उपलब्धि बारे जानकारी गराउदै कार्यक्रमका बिशेष अतिथि काशी काफ्लेले सबै उपस्थितहरुलाई धन्याबाद दिएका थिए | कार्यक्रमका सबै अतिथिहरुले सगरमाथा बचतले विदेशको ठाउमा पनि आफ्नो कमाइको केहि भाग बचत गर्दै समाज प्रति देखाएको उद्धाहरनिय कामको प्रसंसा सहित बधाई तथा आगामी योजनाहरुको सफलताको शुभकामना दिएका थिए |

कार्यक्रमको अन्तमा सभापति राम प्रसाद गौडेलले सगरमाथा बचत सस्था स्थापना भईसकेपछि आफुलाई त्यो भन्दा अगाडिको समय खेरा फालेकोमा निकै पछुतो लागेको र मैले जस्तै अन्य प्रबासमा बसेका प्रबासी दाजुभाई दिदीबहिनीले पनि पछुताउन नपरोस भन्नको लागि थोरै भएपनि आफ्नो कमाईलाई बचत गर्ने बानि बसाल्नु पर्ने रहेछ नत्र पछुताउनुको बिकल्प नहुने रहेछ भन्दै सबैलाई आ-आफ्नो ठाउबाट बचत गर्ने बानि बसालौ भन्ने संदेश मुलक भनाई राख्दै सगरमाथा बचत सस्थालाई माया गरि आएका सबै संघ सस्थाका प्रमुख प्रतिनिधि बुद्धिजिबी पत्रकार समाजसेवी लगायत सबैलाई धन्यबाद सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए |6319b0fb-bcba-4bc9-936a-a85f1cdafb6d

Leave a Reply

Your email address will not be published. Required fields are marked *