चीनमा अनौठो चलन

crawling_exerciseहिडाइका  लागि चीनमा अनौठो चलन सुरु भएको छ । हिड्दा मान्छेले जनावरको नक्कल गर्न थालेका छन् । चिनियाँ न्युज सर्भिसका अनुसार पूर्वी सहर झेगझाउका मानिसहरु हिड्दा चार हातपाउ टेकेर हिड्न थालेका हुन् । हातमा बाक्लो पञ्जा लगाउने र त्यसपछि हात खुट्टा टेकेर हिड्न थालेका छन् । हेर्दा अनौठो देखिने यो विधि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनेर डाक्टरले सुझाएपछि त्यस क्षेत्रका मानिस यसरी हिड्न थालेका हुन् ।
हेनान क्षेत्रीय अस्पतालका प्रमुक चिकित्सक लु पेइवनले भने यसरी हिड्दा केही मासांपेसी यति बलियो हुन्छ कि जुन कुरा आम मानिसलाई थाहा छैन । यसरी हिड्दा शरीरको जोड्नी एकदमै बलिया हुन्छ । रिपोर्टमा भनिएको छ, यो कसरत परम्परागत चिनियाँ प्रद्धति हो, जसरी भालु, बाँदर, हरिण र सिंह हिड्छन् त्यसको नक्कली गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । परम्परागत अभ्यासका लागि चिनियाँ कसरत विश्व प्रख्यात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *