इटहरीमा भिषण आगलागी, ५० करोड बढिको क्षति भएको प्रहरीको अनुमान

aaglagi(1)सुनसरी– इटहरी बजार वडा नम्बर १ मा भीषण आगलागि भइरहेको छ । बिद्युत सट भएर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
बेलुका साँढे पाँचबजेबाट सुरु भएको आगोलागीबाट पाँच तले दुई वटा घर जलेका छन् ।
आगोलागीले कालीप्रसाद पोखरेल र अमर भण्डारीको घरमा क्षती पुगेको हो । मुख्य बजारमा आगोलागी भएकाले एक सयभन्दा बढी पसलमा क्षती पुगेको छ । आगो नियन्त्रण बाहिर गए पछि यत्रो ठुलो क्षति भएको हो । बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने अहिले सम्म भएको सुचना आएको छैन ।
आगो निभाउनका लागि इटहरी र धरानका दमकल आएपनि अग्लोघर भएकाले आगो निभाउन समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक ओम अधिकारीले बताउनु भयो । इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन ।। आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । आगलागी भएको क्षेत्रमा हजारौँको संख्यामा सर्वसाधारणको भीड लागेको छ ।
आगलागी भएको स्थान आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडी फेसन महलबाट आगलागी सुरु भएको हो । पाँचतले घरमा भएको कपडा पसलबाट सुरु आगलागी फैलँदै गएको छ । आगोलागी भएको स्थान इटहरीको मुख्य व्यपारीक केन्द्र हो । सुविधा गेष्ट हाउस छेउमा रहेको भवनबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *