युएईमा नेपाली चलचित्रलाई एक पछी अर्को खुशी

त्रिलोचन कोइराला /  10675761_1495175157430113_3166820190031016548_nनेपाली चलचित्रको बजारको  लागि युएईमा एक पछी अर्को  खुशीको खबर आए मिलेको छ | नेपाली चलचित्र युएईको सिनेमा हलमा प्रदशनी हुने सम्झौता भएको हप्ता दिन नहुदै नेपाली युएई सरकारको अनुमतिनै लिएर एक नेपाली चलचित्र छायाँकन हुन अनुमति पाएको छ |

युएईमा सिमित म्युजिक भिडियो मात्र अनुमति लिएर छायाँकन हुने गरे पनि अनुमति लिएर छायाँकन हुन लागेको पहिलो  नेपाली चलचित्र भएको कलरिस्ट सुदिप शेष्ठले जनाएका छन |

केहि दिन मा नै युएईको बिभिन्न  रमणीय स्थलमा  छायाकन हुन लागेको नेपाली चलचित्र द विन्नेर   (The Winner) को लागि नायिका  मिस नेपाल २०११  मलिना जोशी , नायक महेश शेष्ठ लगाएतको १५ जना  कलाकार युएई आउँने भएका हुन |

रोजगारीका लागि युएई आउने नेपालीको संख्या बढे संगै बिभिन्न मनोरञ्जनात्मक गतिबिधि बढिरहेकोले बेला नेपाली चलचित्रको छायाकनले साप्ताहिक प्रदशन हुने चलचित्रको बजारलाई थप सहयोग हुने कलरिस्ट शेष्ठले बताएका छन  |

प्रेमदिबसको दिन फेरअरी १४ तारिक नेपाली चलचित्र कबडी कबडी प्रदशनी गर्दै युएईबाट नेपाली चलचित्र प्रदशनी हुने भएको हो | मध्यपूर्वमा पहिलोपटक नेपाली चलचित्रको लागि आधाकारिक सम्झौता भएर बजारबिस्तार भएको बताएका  कलरिस्ट शेष्ठको नै पहलमा नेपाली चलचित्र द विन्नेर   (The Winner) को अनुमति मिलेको हो |

निर्देशक हेमन्त बिष्ठ निर्देशनमा छायाँकन हुन लागेको चलचित्र पहिलोपटक युएई बाट नै प्रदशनी हुने थाहा भएको छ | युएई सिनेमा कम्पनि  भक्स सिनेमाको बिभिन्न १३ स्थानको ७ दर्जन बडी पर्दामा एक साथ हेर्न सकिने बताउदै कलरिस्ट शेष्ठले अंगेजी हिन्दि चलचित्रको बिचमा नेपाली चलचित्रको टेलर बज्ने जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *