झापाको निर्वाचन क्षेत्रमा १५ करोड ३० लाख

झापा,२० माघ/ झापाका निर्वाचित, समानुपातिक तथा मनोनित सभासदहरु मार्फत १५ करोड रुपैयाँ भन्दा बढिका योजना कार्यान्वयमा आएका छन् ।

कुल ३ सय ८२ योजनाको कार्यान्वयन चरण शुरु भएको जिल्ला विकास समितिले जनाएको छ । जिल्ला विकास समिति मार्फत ति योजनाहरुको कार्यान्वयन शुरु भएको हो ।

योजना मध्ये पूर्वाधार विकास योजना अन्तर्गत १ सय ५ ओटा योजना रहेका छन् भने निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ सय ७७ ओजना योजना रहेको जिविसले जनाएको छ ।

जिविसका नायव सुव्वा डिल्लि नेपालका अनुसार सांसदहरु मार्फत आउने योजनाहरुको कार्यान्वयन प्रकृया समेत शुरु भई सकेको हो । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रमा डेढ करोड रुपैयाँ खर्च हुने छ भने निर्वाचन क्षेत्र विकास कार्यक्रममा २० लाख रुपैयाँका दरले बिभिन्न योजनाहरु निर्माण हुने छन् ।

दुवै प्रकृतीका कुल ३ सय ८२ योजनाका लागि १५ करोड ३० लाख रुपैयाँ बिनियोजन भईसकेको भन्दै ति योजनाहरु चालु आर्थिक वर्ष भित्रमानै समापन गरिने नेपालले जानकारी दिए ।

निर्वाचन क्षेत्रमा हुने क्षेत्र पूर्वाधार विकासका योजनाका लागि कुल बिनियोति रकम मध्ये ४ करोड २० लाख रुपैयाँ निर्वाचन क्षेत्र विकास कार्यक्रममा खर्च हुनेछ । बाँकि रकम भने पूर्वाधार विकासका लागि खर्च हुने हो ।

यि दुवै प्रकारका योजनाहरु सभासद मार्फत जिविस सम्म पुग्ने गरेका छन् । यस्ता योजनाहरुमा धेरै जसो बाटो निर्माण, स्तरीकरण, ग्राभेल लगायतका छन् भने केही कल्भर्ट तथा पुल निर्माणका पनि रहेका छन् । छन् ।

यस्तै ग्रामिण क्षेत्रहरुका लागि भने विद्युतीकरण योजना समेत परेको जिल्ला विकास समितिले जनाएको छ ।यि योजनाहरु मध्ये धेरै जसो उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने चरणमा रहेका छन् ।

केहीको निर्माण कार्य समेत शुरु भई सकेको जनाईएको छ । पूर्वाधार विकास र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरु आर्थिक वर्ष भित्रमानै समापन गर्नु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *