आयो, मानिसको तनाव हटाइदिने स्मार्ट बल्ब

12376578_1737892273108214_5791332482451609051_nबहुराष्ट्रिय टेक्नोलोजी कम्पनी सोनी अब विजुलीको बल्बको बजारमा पनि प्रवेश गरेको छ । सोनीले बहुउपयोगी प्रकाश बल्ब निर्माण गर्न लागेको हो ।

सोनीको उक्त बल्बले मानिसको तनावलाई हटाइदिनेछ र मूड अर्थात् मनोवेगलाई सही ठाउँमा ल्याइदिनेछ ।

सोनीको उक्त बहुउपयोगी लाइट्सलाई तोसिबा एलइडी लाइटिंग टेक्नोलोजीको सहयोगमा तयार पारिएको हो । यो स्मार्ट बल्बलाई स्मार्टफोन तथा वाइफाइ डिभाइसहरुको सहयोगमा चलाउन सकिन्छ ।

यो बल्बमा बिल्ट इन मोसन, लुमिनेन्स अर्थात् चम्किलोपना, तापक्रम तथा आद्रता सेन्सर, मेमोरी कार्ड स्लट, इन्फ्रारेड कन्ट्रोलर, स्पीकर तथा माइक्रोफोन लगायतका पार्टस् रहेका छन् । यसले तपाइँ कोठामा छिर्नेबित्तिकै एयर कण्डिसन तथा टेलिभिजनलाई अन गरिदिन्छ ।

साथै यसमा म्युजिक प्ले तथा मोसन डिटेक्टर फिचर्स समेत रहेको छ । यी सबै फिचर्सहरुको माध्यमबाट स्मार्ट बल्बले कामबाट मूड खराब भएर कोठाभित्र छिर्नेबित्तिकै मानिसको तनाव कम गर्ने र मूड ठीक ठाउँमा ल्याउनमा सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *