उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पुनः सुरु

logoसरकारमा सहभागि दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुनः सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थावारे समीक्षा, सरकारका कामको मुल्याङ्कन, प्रधानमन्त्रीको भारत भ्रमण र मधेसी मोर्चासँगको वार्ताका विषयमा बैठकमा छलफल हुनेछ ।

यसअघि बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा संयन्त्रको बैठक बसेको थियो । बैठकमा संयन्त्रका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विषय प्रवेश गराएका थिए ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा संयन्त्रका संयोजक प्रचण्डले पाँच वटा विषय राखेका थिए । संयोजक प्रचण्डले वर्तमान पछिल्लो राजनीतिक अवस्थाको समीक्षा, सरकारका काम कारवाहीको मूल्यांकन, प्रधानमन्त्रीको भारत भ्रमण,आन्दोलनरत मधेशी मोर्चासँगको वार्ता प्रक्रिया र नाकाबन्दी गरी पाँच विषय राखेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ,एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल,एमाओवादी महासचिव कृष्णबहादुर महरा,नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसी,मालेका नेता कुमार बेलबासे लगायतको सहभागिता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *