हाम्रो बारे

मोफसल मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित मोफसल डट कममा स्वागत छ। ग्रामिण पत्रकारिताको प्रयास मोफसल साप्ताहिक पत्रिका पुर्बी नेपालको मोरंग जिल्लाबाट बिक्रम सम्मत २०५५ सालबाट प्रकाशित भइ हाल २०१६ देखी अनलाइन सस्करणमार्फत सुरु भएको अनलाइन न्यूज पोर्टल हो । बढ्दो आधुनिकता सगै नेपालमा पनि संचार जगतले निकै फड्को मारेको छ तर हामीले सञ्चार माध्यमको आवश्यकताले नभई स्वतन्त्र, सत्य तथ्य र निश्पक्ष संचार माध्यमको आवश्यकतालाई मध्यनजर गर्दै यस मोफसल डट कम सञ्चालनमा ल्याएका हौ । बिश्वभरी छरिएर बसोवास गरीरहेको मानव समुदायलाई पछिल्लो समय सुचना तथा सञ्चार माध्यम अति आवश्यक बनेको छ । यहि मानव समुदायलाई सहज रुपले सत्य समाचार , राजनिति,समाज,बिज्ञान र प्रबिधि,खोज,मनोरञ्जन,स्वास्थ्य,कला सहित्य समयसापेक्ष कुराकानी तथा विश्वभरीका घटनाको बारेमा सुशुचित गराउनु नै हाम्रो उदेश्य हो । हामी आवाज बिहिनहरु को आवाज हौ । यस मोफसल अनलाइन सस्करण कुनै धर्म ,जाती, दल वा कुनै समुदायप्रति लक्षित नभएर निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिताको आचारसंहिता अक्षरस पालना गर्दै बिशुद्द समाचार पस्कने मूल उदेस्य लिएर मोसफल अनलाइन सस्करण एबम मोफसल अनलाइन टिभी (युटुबमा )लिएर पाठक ,दर्शक ,श्रोताहरु उपस्थित भएको सगौरव जानकारी गराउदछौ । यहाँ प्रकाशित भएका सामाग्रीहरु हाम्रा आधिकारिक सम्वादाताहरुद्वारा प्रेशित गरेका हुनेछन् । सम्पूर्ण पाठकबर्ग, दर्शक श्रोता , विज्ञापनदाता, शुभचिन्तकहरुलाइ तपाइँहरुको अमूल्य सूझाव र प्रतिक्रिया पठाएर सहयोग गरिदिनुहुन मोफसल मिडिया हार्दिक अनुरोध गर्दछ ।